• Trending:

बजेट बाहिरको हिसाब २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन

बजेट बाहिरको हिसाब २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन

Economist Nepal

Fri, Asoj 7 2079

बजेट बाहिरको हिसाब २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन


७ आश्विन २०७९, शुक्रबार

Dinesh thapaliya janardhan

काठमाडौं । निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरबारे २४ घण्टे स्पष्टीकरण मागेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेट बाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।

सरकारले गत साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको थियो । आयोगले निर्वाचनको घोषणा भएपश्चात् स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन-कुन मन्त्रालय र निकायहरुमा के कति रकमान्तर भएको हो भन्दै २४ घण्टाभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।

‘नेपाल सरकारबाट मिति २०७९/४/१९ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएपश्चात् व्यवस्थापिका संसद्बाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चित गरिएको छ छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेस गर्न निर्देशन दिएको छ’, आयोगले जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.