• Trending:

काठमाडौं उपत्यकामा २,८४० जना सवारी चालकमाथि कारवाही

काठमाडौं उपत्यकामा २,८४० जना सवारी चालकमाथि कारवाही

Economist Nepal

Fri, Asoj 7 2079

काठमाडौं उपत्यकामा २,८४० जना सवारी चालकमाथि कारवाही


७ आश्विन २०७९, शुक्रबार

traffic police in nepal

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २,८४० जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी साधन चलाउने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७५ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३६ जना सवारी चालक रहेका छन् । यस्तै २,३३५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.