• Trending:

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई पक्राउ

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई पक्राउ

Economist Nepal

Fri, Asoj 7 2079

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई पक्राउ


७ आश्विन २०७९, शुक्रबार

Gold Nepal
सांकेतिक तस्वीर

नुवाकोट । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका-९ घर भई चन्द्रागिरि -९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिए । उक्त चोरीका गहना किन्ने सुनारलाई समेत पक्राउ गरिएको प्रवक्ता मैनालीले बताए ।

पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद रु ६० हजार बरामद गरेको छ । प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको बताए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.