• Trending:

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति

Economist Nepal

Fri, Asoj 7 2079

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति


Jurikhet

काठमाडौं । सरकारले नजिकिएको चाडपर्वका बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन समेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिनुभएअनुसार मन्त्रिपरिषद्ले प्रवक्ता पोखरेलको संयोजकत्वमा समिति गठन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपाल प्रहरी टा्रफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको गृह मन्त्रालयले जनाएको छ ।

city

समितिले सडक दुर्घटना न्यूनिकरणका लागि के गर्नुपर्छ ? सार्वजनिक यातायातको व्यवस्थापन कसरी गर्ने ? आम नागरिकलाई सहरबाट गाउँगाउँसम्म कसरी सुरक्षितरूपमा पुर्‍याउने भन्नेबारेमा अध्ययय गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनेछ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.