• Trending:

लगातार पाँच खेलमा इङल्याण्ड जीतविहीन

लगातार पाँच खेलमा इङल्याण्ड जीतविहीन

Economist Nepal

Sat, Asoj 8 2079

लगातार पाँच खेलमा इङल्याण्ड जीतविहीन


८ आश्विन २०७९, शनिबार

126833174 gettyimages 1426680634 GpttD3QX0Q

काठमाडौं । युईएफए नेसन्स लिगमा इङल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह सीबाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।

मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निणर्ायक बन्यो । इङल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा खराब प्रदर्शन हो ।

समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इङल्याण्ड २ अंकसहित पुछारमा रहेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.