• Trending:

कम्बोडियाको तटमा डुंगा पल्टिँदा २० चिनियाँ बेपत्ता

कम्बोडियाको तटमा डुंगा पल्टिँदा २० चिनियाँ बेपत्ता

Economist Nepal

Sat, Asoj 8 2079

कम्बोडियाको तटमा डुंगा पल्टिँदा २० चिनियाँ बेपत्ता


८ आश्विन २०७९, शनिबार

dunga
फाइल फोटो

बेइजिङ । कम्बोडियाको तटमा एउटा डुंगा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुंगा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताएको समाचार संस्था एएफपीले जनाएको छ । डुंगामा सवार सवार १८ जनालाई मात्रै उद्धार गरिएको उनले जानकारी दिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सिहानोकभिलको एक समय शान्त माछा मार्ने गाउँ हालैका दिनमा चिनियाँ लगानीमा दर्जनौं क्यासिनोहरू खुलेका छन् । तर त्यहाँ चिनियाँ कामदारहरूलाई अवैध रूपमा सहरमा काम गर्नको लागि तस्करी वा बेचबिखन गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.