• Trending:

शहरमै काम गर्दैन मोवाइल नेटवर्कले

शहरमै काम गर्दैन मोवाइल नेटवर्कले

Economist Nepal

Sat, Asoj 8 2079

शहरमै काम गर्दैन मोवाइल नेटवर्कले


mobile 1
फाइल फोटो

अत्तरिया । सुन्दा अच्चम लाग्छ । सहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर । सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ । प्रदेशको स्थायी राजधानी गोदवरीमै उक्त स्थानमा रहेको अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन ।

अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको गुनासो गर्दछन् । अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्याता छ ।

अस्पतालका कार्यालय प्रमुख डा. अम्रेश कोइरालाले भने अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताउँछन् । अन्य कर्मचारीको गुनासो छ, ‘जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ’, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ ।

city

अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउँछन् । नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ प्राविधिक अधिकृत सुरत मल्ल भन्छन्, ‘अस्पतालबाट पाँच सय मिटर टाढा नेटवर्क टावर भएकाले समस्या भएको हुनसक्छ ।’ उनी थप्छन्, ‘कार्यालयभित्र के को समस्या हो पत्ता लगाई छिट्टै समस्या समाधान गरिने भएको छ ।’

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.