• Trending:

न्युरोड जाने सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था

न्युरोड जाने सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था

Economist Nepal

Sat, Asoj 8 2079

न्युरोड जाने सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था


newroad

काठमाडौँ । आज (शनिबार) देखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौंको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ । असोज ८ गतेदेखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले एक सूचना जारी गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चाप बढेकाले यात्रुवाहक, मालवाहक तथा निजी सवारी साधनले खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जानकारी दिएको हो।

कार्यालयका अनुसार दसैंको समयमा भीड बढ्दै गएकाले आजदेखि फुलपातिसम्म यो व्यवस्था लागू गरिएको हो। बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

city

कार्यालयले चाडपर्वको समयमा हुने चाप घटाउन सवारीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको बताएको छ । ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन आग्रह समेत गरेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.