• Trending:

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

Economist Nepal

Sun, Asoj 9 2079

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


९ आश्विन २०७९, आईतवार

death

कैलाली । कैलालीको टीकापुर नगरपालिका-२ कोठारपुरमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका-२ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीले नियन्त्रणमा लिएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.