• Trending:

शेयर बजारमा करिब २४ अंकको गिरावट

शेयर बजारमा करिब २४ अंकको गिरावट

Economist Nepal

Sun, Asoj 9 2079

शेयर बजारमा करिब २४ अंकको गिरावट


९ आश्विन २०७९, आईतवार

share market 1

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार आठ सय १५ दशमलब १३ मा झरेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित भएको छ । कूल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद बिक्री भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै, कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा पनि गिरावट आएको छ । आइतबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.