• Trending:

सरकारले गर्‍यो पाँच सचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले गर्‍यो पाँच सचिवको सरुवा, को कहाँ पुगे ?

Economist Nepal

Sun, Asoj 9 2079

सरकारले गर्‍यो पाँच सचिवको सरुवा, को कहाँ पुगे ?


९ आश्विन २०७९, आईतवार

deuwa cabinet

काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । यद्यपि कानुनतर्फको हकमा म्याचुअर्ड हुन बाँकी छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.