• Trending:

अस्ट्रेलियासँगको तीन खेलको टी-२० श्रृङ्खला भारतले जित्यो

अस्ट्रेलियासँगको तीन खेलको टी-२० श्रृङ्खला भारतले जित्यो

Economist Nepal

Mon, Asoj 10 2079

अस्ट्रेलियासँगको तीन खेलको टी-२० श्रृङ्खला भारतले जित्यो


१० आश्विन २०७९, सोमबार

IND AUS 11 JypuQpunPV

काठमाडौँ । भारतले अस्ट्रेलियासँगको तीन खेलको टी-२० शृङ्खला जितेको छ । घरेलु मैदान हैदराबादमा गए राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी-२० श्रृङ्खला भारतले २-१ ले जितेको हो ।

अस्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि सूर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, हार्दिक पाण्डेयले २५, रोहित शर्माले १७ रन बनाए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अस्ट्रेलियाका लागि ड्यानियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । उसका लागि टिम डेभिडले ५४ र क्यामरुन ग्रिनले ५२ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् ।

city

यस्तै, ड्यानियल साम्सले २८ तथा जोस इङ्ग्लिसले २४ रन बनाए । भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने युजभेन्द्र चहेल, हर्षल पटेल र भुवनेश्वर कुमारले समान १/१ विकेट लिए ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.