• Trending:

पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हरायो

पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हरायो

Economist Nepal

Mon, Asoj 10 2079

पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हरायो


१० आश्विन २०७९, सोमबार

Pakistan vs England 6robuPsZco

काठमाडौँ । इङ्ल्यान्डसँगको चौथो टी-२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । कराचीमा गए राति पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हराएको हो ।

जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २-२ को बराबरी गरेको छ । पाकिस्तानले दिएको १६७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १६३ रनमा समेटियो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ३४ र लियाम डसनले ३४-३४ रनको योगदान गरे । यस्तै, बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन बनाए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पाकिस्तानका लागि मोहम्मद नवाज र हरिस राउफले ३/३ विकेट लिए भने मोहम्मद होस्नेनले २ तथा मोहम्मद वासिमले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

city

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ र आशिफ अलीले १३ रन बनाए । इङ्ल्यान्डका लागि रिसी टोप्लेले २ विकेट लिए भने लियाम डसन र डेबिड विल्लेले समान एक/एक विकेट लिए ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.