• Trending:

कांग्रेस संस्थापन इतरले शुरु गर्‍यो आन्दोलन, सानेपामा धर्ना दिने

कांग्रेस संस्थापन इतरले शुरु गर्‍यो आन्दोलन, सानेपामा धर्ना दिने

Economist Nepal

Mon, Asoj 10 2079

कांग्रेस संस्थापन इतरले शुरु गर्‍यो आन्दोलन, सानेपामा धर्ना दिने


१० आश्विन २०७९, सोमबार

shekhar samuha

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग गर्दै नेपाली कांग्रेसको संस्थापन इतर समूहले आन्दोलनको घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीभित्र शक्ति सन्तुलन नमिलाई एकलौटी रूपमा समानुपातिक उम्मेदवारको बन्द सूची तयार गरी बुझाएको भन्दै शेखर कोइराला पक्षले आन्दोलनको घोषणा गरेको हो ।

आज (सोमबार) ठमेलस्थित एक होटेलमा बसेको कांग्रेस संस्थापन (कोइराला) समूहको दोस्रो तहका नेताहरूको भेलाले आन्दोलनको घोषणा गरेका हुन् । बन्दसूचीमा उम्मेदवारको नाम राख्दा नेतृत्वले गरेको मनोमानी सच्याउन भन्दै उनीहरूले बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिने बताएका छन् । भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलनको घोषणा गरेको नेता गुरुराज घिमिरेले बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘पार्टीभित्र सबैलाई समान हक र न्यायका लागि हाम्रो संघर्ष हो, त्यसैका लागि निरन्तर दबाबका कार्यक्रम गर्दै आएका हौँ,’ उनले थपे, ‘अब बुधबार दिउँसो १२ बजेबाट पार्टी कार्यालयमा धर्ना बस्छौँ । बिहीबार खबरदारी सभासहित शुभकामना अदान प्रदान कार्यक्रम गर्छौ, र त्यसपछि पनि समानुपातिकको सूची सच्याइएन भने हामी कठोर ऐतिहासिक निणर्य लिन बाध्य हुनेछौँ ।’ उनका अनुसार पार्टी कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम छ । यसबीचमा नेता कोइरालासहित पदाधिकारीहरूसँग छलफल गर्ने भेलाको निष्कर्ष छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.