• Trending:

मनास्लु हिमपहिरो अपडेट : एकको मृत्यु, १५ जना घाइते

मनास्लु हिमपहिरो अपडेट : एकको मृत्यु, १५ जना घाइते

Economist Nepal

Mon, Asoj 10 2079

मनास्लु हिमपहिरो अपडेट : एकको मृत्यु, १५ जना घाइते

प्रतिकूल मौसमका कारण उद्धारमा समस्या


१० आश्विन २०७९, सोमबार

manaslu
फाइल फोटो

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको ज्यान गएको छ भने करिव १५ जना घाइते भएका छन् ।

हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘चौथो बेस क्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको रहेछ,’ उनले भने, ‘त्यही पहिरोमा उहाँहरु पर्नु भएछ ।’ मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिदै उनले प्रतिकूल मौसमका कारण उद्धारमा समस्या भएको बताए । ‘घटनाबारे खबर आउने बित्तिकै हामी उद्धारका लागि पहल गरिरहेका छौं, सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागि उडेपनि मौसम प्रतिकुल भएका कारण बेसक्याम्पमा ल्याण्ड गर्न सकिरहेको छैन’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

city

प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुस्किल भएको उनको भनाइ छ । पर्यटन विभागकी शाखा अधिकृत यशोदा अर्यालसँग आफूहरुले जानकारी लिइरहेको बताउदै प्रजिअ आचार्यले मनाङको भीमथाङमा पनि एक जना बिदेशी नागरिक हराएको खबर आएको जानकारी दिए ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.