• Trending:

बेगखोलामा राखियो ह्युमपाइप – Naya Page

बेगखोलामा राखियो ह्युमपाइप – Naya Page

Economist Nepal

Tue, Asoj 11 2079

बेगखोलामा राखियो ह्युमपाइप – Naya Page


११ आश्विन २०७९, मंगलवार

Main Begkhola 2

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका-१ मा रहेको बेगखोलामा ह्युमपाइप राखिएको छ ।

बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका, बेनी-जोमसोम-कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधीन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालिको पहलमा ह्युमपाइप राखिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बेगखोलामा सवारीसाधनलाई सहजरूपमा आवतजावतको व्यवस्था मिलाउन बेनीबाट दुईवटा ह्युमपाइप लगेर राखिएको बेनी यातायात प्रालिका सञ्चालक टीका पुर्जाले जानकारी दिए । ‘बेनीबाट बेगखोलासम्म ह्युमपाइप ढुवानी बेनी यातायात प्रालिले गरेको हो’, उनले भने, ‘ह्युमपाइपलाई खोलामा राख्न बेगखोलामा निर्माणाधीन पुलका ठेकेदारले डोजर उपलब्ध गराएका थिए ।’

city

विसं २०७३ मा आएको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, झोलुङ्गे र बेलीब्रिज बगाएको थियो । पक्की पुल निर्माण गर्न ढिलाइ हुँदा बेगखोलामा बाढी आएको अवस्थामा सवारीसाधन आवतजावत बन्द हुने गरेको छ । ह्युमपाइप राखेपछि खोलामा जोखिम मोलेर सवारीसाधन र मानिस वारपार गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको सञ्चालक पुर्जाले बताए । बेगखोलामा सडक विभागको पुल महाशाखाले ८० मिटर लामो मोटरेबल पुल निर्माण गरिरहेको छ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.