• Trending:

भारतको एसएसबी प्रमुख थाओसेन काठमाडौंमा

भारतको एसएसबी प्रमुख थाओसेन काठमाडौंमा

Economist Nepal

Tue, Asoj 11 2079

भारतको एसएसबी प्रमुख थाओसेन काठमाडौंमा


११ आश्विन २०७९, मंगलवार

thaosen qDfYLDwhb6

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन आज (मंगलबार) नेपाल आइपुगेका छन् । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन मंगलबार बिहान काठमाडौं आइपुगेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन् । बैठकमा सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल हुने मन्त्रालय स्रोतले बतायो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ । बैठकमा सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षाका सबै विषयमा छलफल हुने भएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.