• Trending:

रुसी पूर्व राष्ट्रपतिले भने, ‘आणविक खतरा धम्की मात्र होइन’

रुसी पूर्व राष्ट्रपतिले भने, ‘आणविक खतरा धम्की मात्र होइन’

Economist Nepal

Tue, Asoj 11 2079

रुसी पूर्व राष्ट्रपतिले भने, ‘आणविक खतरा धम्की मात्र होइन’


११ आश्विन २०७९, मंगलवार

Dmitry Medvedev Vladimir Putin

काठमाडौं । रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले रुससँग आवश्यक भएमा आणविक हतियार प्रयोग गर्ने अधिकार रहेको र यो ’निश्चय पनि ब्लफ’ नभएको बताएका छन् ।

रुसको सुरक्षा परिषद्का उपाध्यक्ष मेदभेदेवले हदभन्दा बाहिर गएमा धम्कीलाई जवाफ दिनुपर्ने बताएका छन् । रुसले युक्रेनमा आफ्नो नियन्त्रणमा लिएको क्षेत्र मास्कोमा सामेल हुने वा नहुने भनेर जनमत संग्रह गरिरहेका बेला पश्चिमासँग तनाव बढेको छ । यसबीच उनले रुसले आणविक हतियार प्रयोग गर्न धम्की मात्रै नदिएको भन्दै झनै कडा चेतावनी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

टेलिग्राममा लेख्दै उनले भनेका छन्, ‘रुसले ‘धेरै परामर्श बिना’ प्रतिक्रिया दिनेछ, यस परिदृश्यमा पनि नेटोले द्वन्द्वमा प्रत्यक्ष हस्तक्षेप गर्ने छैन ।’ उता युक्रेनबाट नियन्त्रणमा लिएका क्षेत्रहरू रूसमा सामेल हुने वा नहुने भन्ने विषयमा आज पनि विवादित जनमत संग्रह जारी रहेको छ । डोनेट्स्क क्षेत्रमा तथाकथित निर्वाचन आयोगले जनमत संग्रहअघि रुसी राष्ट्रिय गान बजाएको भिडियो बाहिरिएको छ ।

city

यस्तै हालैका नयाँ स्याटेलाइट तस्बिरहरूले रूसबाट जर्जिया र मंगोलियाको सीमा पार गर्ने प्रयास गरिरहेका ठूलो संख्याका सवारीसाधनहरू देखिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि सयौं हजार रिजर्भेष्टहरूलाई परिचालन गर्ने आदेश दिएपछि रुसी युवाहरु बाहिरिन खोजिरहेको बताइएको छ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.