• Trending:

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज नेपाल आउँदै, दलका शीर्ष नेताहरुलाई भेट्ने

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज नेपाल आउँदै, दलका शीर्ष नेताहरुलाई भेट्ने

Economist Nepal

Wed, Asoj 12 2079

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज नेपाल आउँदै, दलका शीर्ष नेताहरुलाई भेट्ने


१२ आश्विन २०७९, बुधबार

Trudeau OhXm8pE0Rs

काठमाडौं । अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने क्रम बाक्लिँदै गएको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो आज (बुधबार) नेपाल भ्रमणमा आउँदै छिन् ।

उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रुडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रुडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

city

नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर जारी छ । नेपालपछि उनी संयुक्त अरब इमिरेट्स जाने छिन् । त्यसपछि मध्य एसियाका उज्वेकिस्तान र किर्किस्तान जाने योजना छ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.