• Trending:

डब्लूटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुुनर्जीवित पार्न आह्वान

डब्लूटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुुनर्जीवित पार्न आह्वान

Economist Nepal

Wed, Asoj 12 2079

डब्लूटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुुनर्जीवित पार्न आह्वान


१२ आश्विन २०७९, बुधबार

wto

जेनेभा । विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लूूटीओकी महानिर्देशक एनगोजी ओकोन्जो इबेलाले बताइन् ।

आर्थिक वृद्धिलाई पुुनर्जीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेन युद्ध, खाद्यान्न मूल्य, उर्जाको झट्का र कोभिड महामारीको परिणामले विश्व मन्दीको अवस्था सिर्जना गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘अब हामीले आगामी मन्दी जस्तो देखिने मौसमको सामना गर्नुपर्नेछ’, उनले जेनेभामा ग्लोबल ट्रेड निकायको वार्षिक सार्वजनिक फोरमको उद्घाटनमा भनिन्, ‘मलाई लाग्छ विश्वव्यापी मन्दी । मलाई लाग्छ हामी विस्तारै अगाडि बढ्दै गरेको पनि त्यही हो । तर, रिकभरीको लागि पनि हामीले सोच्न शुरु गर्नुुपर्छ । हामीले आर्थिक वृद्धि पुन जगाउनुपर्छ ।’

city

उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुबैले विश्वव्यापी वृद्धि प्रक्षेपणलाई घटाएको उल्लेख गरिन । व्यापार संख्याका सूचकहरू ‘धेरै राम्रो नदेखिएको’ उनले बताइन् । नाइजेरियाको पूर्व अर्थ र विदेशमन्त्री इबेलाले केन्द्रीय बैंकहरु कसिलो ठाउँमा रहेको बताउँदै अगाडिको मार्गमा थोरै छनौट रहेको बताइन् ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.