• Trending:

साविक विजेता श्रीलंकाविरुद्ध नेपालको जित

साविक विजेता श्रीलंकाविरुद्ध नेपालको जित

Economist Nepal

Wed, Asoj 12 2079

साविक विजेता श्रीलंकाविरुद्ध नेपालको जित


१२ आश्विन २०७९, बुधबार

saba nepali toli

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा मंगलबार राति साविक विजेता श्रीलंकालाई ५५-४९ ले पराजित गरेको छ ।

पहिलो खेलमा नेपाल घरेलु टिमसँग ५१-४७ को नतिजामा पराजित भएको थियो । सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालसँग भोगेको पराजयको बदला लिन माल्दिभ्स सफल भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उपाधि होडमा कायम रहन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब थियो । नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स मात्रै सहभागी भएकाले लिग पद्धतिमा जारी प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टिम च्याम्पियन हुनेछ ।

city

पहिलो खेलमा पराजित भएसँगै नेपाललाई उपाधिका लागि सबै खेल जित्नु पर्ने दबाब छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो । यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.