• Trending:

उपत्यकामा एकै दिन ३,१३८ जना सवारी चालकमाथि कारवाही

उपत्यकामा एकै दिन ३,१३८ जना सवारी चालकमाथि कारवाही

Economist Nepal

Wed, Asoj 12 2079

उपत्यकामा एकै दिन ३,१३८ जना सवारी चालकमाथि कारवाही


१२ आश्विन २०७९, बुधबार

traffic

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३,१३८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३२ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, रेड लाइटमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ३० जना चालक रहेका छन् । यस्तै २ हजार ७६६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.