• Trending:

चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड

चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड

Economist Nepal

Wed, Asoj 12 2079

चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड


१२ आश्विन २०७९, बुधबार

nambari

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड गरिएको छ । सुवणर् सिभान्स फिल्मसको ब्यानरमा निर्माण हुन लागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ ।

संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
307911529 1222624888304626 4650003832176686767 n.jpg

लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिनेछ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहनेछ ।

city

अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायांकन गर्न लागिएको चलचित्र नम्बरी सुनको निर्देशन राजुु गिरीले गर्नेछन् । चलचित्रको मुहूर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहने निर्माण टिमले जनाएको छ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.