• Trending:

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

Economist Nepal

Wed, Asoj 12 2079

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु


१२ आश्विन २०७९, बुधबार

death

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका-१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

भैंसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.