• Trending:

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी अस्पताल भर्ना

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी अस्पताल भर्ना

Economist Nepal

Thu, Asoj 13 2079

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी अस्पताल भर्ना


१३ आश्विन २०७९, बिहीबार

Asif Ali Zardari BkBnoBG4TW

इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

पाकिस्तान पिपल्स पार्टी (पिपिपि) का सह अध्यक्ष समेत रहेका जर्दारी पछिल्ला केही हप्तादेखि विरामी नै रहेका थिए । तर मङ्गलबार मात्रै अस्पताल भर्ना गरिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनलाई फोक्सोसम्बन्धी समस्या भएकाले परिक्षणको कार्य भइरहेको अस्पताल श्रोतले जनाएको छ । उनलाई सुरुमा निजी अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकहरूकै सल्लाहअनुसार कराँची अस्पतालमा भर्ना गरिएको हो । पूर्व राष्ट्रपति जर्दारी यसअघि दुबई भ्रमणमा गएका बेला गत जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.