• Trending:

एकको मृत्यु, दुई जना घाइते

एकको मृत्यु, दुई जना घाइते

Economist Nepal

Thu, Asoj 13 2079

एकको मृत्यु, दुई जना घाइते


१३ आश्विन २०७९, बिहीबार

paki

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन् । उनीहरूविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए । घाइते हुनेमा एक महिला पनि छन् । पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको पेटमा गोली लागेको छ । घटबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.