• Trending:

ङादी ग्रुप पावरको लिलामी शेयर भर्ने आज अन्तिम दिन

ङादी ग्रुप पावरको लिलामी शेयर भर्ने आज अन्तिम दिन

Economist Nepal

Thu, Asoj 13 2079

ङादी ग्रुप पावरको लिलामी शेयर भर्ने आज अन्तिम दिन


ngadi group

काठमाडौं । ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको शेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ङादी ग्रुप पावरले गएको साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद शेयर नबिकेपछि कम्पनीले बाँकी रहेको शेयर लिलामीमा ल्याएको हो ।

city

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिने छ । यसैगरी, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, घनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.