• Trending:

दशैं लागेसँगै हरेक दिन एक लाखले छाड्दै काठमाडौं

दशैं लागेसँगै हरेक दिन एक लाखले छाड्दै काठमाडौं

Economist Nepal

Thu, Asoj 13 2079

दशैं लागेसँगै हरेक दिन एक लाखले छाड्दै काठमाडौं

दशैंका बेला झण्डै २० लाखले उपत्यका छाड्ने आंकलन


१३ आश्विन २०७९, बिहीबार

bus park

काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् । घटस्थापनादेखि बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायातमार्फत बाहिरिएका छन् ।

यो संख्या झनै बढ्ने आंकलन गरिएको छ । शुक्रबार पछि दशैंको सार्वजनिक बिदा शुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ । ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस पटक दशैंको बेला झण्डै २० लाखले उपत्यका छाड्ने आंकलन गरिएको छ । ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.