• Trending:

‘गठबन्धनको आडमा पार्टीभित्र सही मूल्याङ्कन नभए गम्भीर परिणाम आउँछ’

‘गठबन्धनको आडमा पार्टीभित्र सही मूल्याङ्कन नभए गम्भीर परिणाम आउँछ’

Economist Nepal

Thu, Asoj 13 2079

‘गठबन्धनको आडमा पार्टीभित्र सही मूल्याङ्कन नभए गम्भीर परिणाम आउँछ’


१३ आश्विन २०७९, बिहीबार

Arjun narsing KC

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्याङ्कन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूणर् निष्कर्ष निकाल्नु पर्ने सबैभन्दा महत्वपूणर् दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामीभित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ । अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ,’ उनले भने ।
नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.