• Trending:

एसियन कप छनोट : १७ वर्षमुनिको टोली घोषणा

एसियन कप छनोट : १७ वर्षमुनिको टोली घोषणा

Economist Nepal

Fri, Asoj 14 2079

एसियन कप छनोट : १७ वर्षमुनिको टोली घोषणा


under 17 football team

काठमाडौँ । एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १७ वर्षमुनिको टोली घोषणा गरेका हुन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरे ।

श्रीलङ्कामा भएको साफ १७ वर्षमुनिको खेल लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । नेपाल साफ १७ वर्षमुनिको खेलमा उपविजेता बनेको थियो । फाइनलमा नेपाली टोली भारतसँग ४-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

टोलीमा फरवार्डमा सुवास बम, श्रृजल राई तथा डिफेन्डरमा मदन पौडेल, युनिस मगर, दीपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा रहेका छन् ।

city

त्यस्तै मिडफिल्डरमा हरिश राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके तथा गोलकिपरमा समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान रहेका छन् ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.