• Trending:

गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य छैन : ईश्वर पोखरेल

गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य छैन : ईश्वर पोखरेल

Economist Nepal

Fri, Asoj 14 2079

गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य छैन : ईश्वर पोखरेल


१४ आश्विन २०७९, शुक्रबार

ishwor pokhrel pVDkBSMW4n
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौँमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताए । आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उनको भनाइ छ । उनले तथ्य भन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको बताए । अहिले देशको विद्रुप रुप देखा परिरहेको उनले बताए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.