• Trending:

कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आयो : गगन थापा

कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आयो : गगन थापा

Economist Nepal

Fri, Asoj 14 2079

कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आयो : गगन थापा


१४ आश्विन २०७९, शुक्रबार

gagan Thapa

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका हुन् । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महामन्त्री थापाले पार्टीभित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताबोध हुन थालेको जिकिर गरे । युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने शाहस थपिएको भन्दै युवाहरुलाई निरास नबनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.