• Trending:

काबुलको एक शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु

काबुलको एक शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु

Economist Nepal

Fri, Asoj 14 2079

काबुलको एक शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार

Kabul Attack

काबुल । अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

प्रहरीका अनुसार शहरको पश्चिमी भागमा रहेको काज एजुकेशन सेन्टरमा विष्फोट भएको हो । विद्यार्थी परीक्षा दिइरहेका बेला विष्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन् । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विगतमा पनि हजारा समुदायलाई लक्षित गरी आक्रमण भएका छन् । अहिलेसम्म कुनै पनि संगठनले विष्फोटको जिम्मेवारी लिएको छैन । तालिवानले आक्रमणको निन्दा गरेको छ तालिवानको आन्तरिक मन्त्रालयले आक्रमणको निन्दा गर्दै सुरक्षा बल घटनास्थलमा पुगेको बताएको छ । अब्दुल नाफी टकोरले नागरिकमाथि आक्रमणले ’शत्रुको अमानवीय क्रुरता र नैतिक मूल्यमान्यताको कमी’ प्रमाणित गरेको बताए ।

city

तालिबान गत वर्ष अगस्टमा अफगानिस्तानमा सत्तामा फर्कियो र उनीहरूले देशको अवस्थालाई स्थिर बनाउन प्रयास गरिरहेको बताएका छन् । तर, देशमा तालिवानको विपक्षी इस्लामिक स्टेटले आक्रमण जारी राखेको छ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.