• Trending:

रुसले आज युक्रेनका चार भू–भाग आफ्नोमा गाभिएको घोषणा गर्दै

रुसले आज युक्रेनका चार भू–भाग आफ्नोमा गाभिएको घोषणा गर्दै

Economist Nepal

Fri, Asoj 14 2079

रुसले आज युक्रेनका चार भू–भाग आफ्नोमा गाभिएको घोषणा गर्दै


१४ आश्विन २०७९, शुक्रबार

russia 1

काठमाडौं । रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।

राजधानी मस्कोको रेड स्क्वायरमा घोषणा कार्यक्रमका लागि मञ्च तयार पारिएको छ । यसअघि भएको जनमत सङ्ग्रहमा ती क्षेत्रका धेरैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीले दाबी गरेका छन् । रुसको पछिल्लो कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमको झल्को दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो जनमत सङ्ग्रहको कुनै अर्थ नभएको र त्यसले वास्तविकतालाई परिवर्तन गर्न नसक्ने बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमा शक्तिले क्राइमियाको जस्तै यो पटकको जनमत सङ्ग्रहलाई पनि अवैधानिक घोषणा गरिसकेका छन् । अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरू लगाउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनी भू–भागमा गरेको दाबीलाई कहिल्यै पनि मान्यता नदिने स्पष्ट पारेका छन् ।
यसअघि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि रुसलाई युक्रेनी भू–भाग विलयको योजनाबाट पछि हट्न आग्रह गरेका थिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.