• Trending:

इरान हिंसामा हालसम्म ७६ जनाको मृत्यु : नौं युरोपेली नागरिक पक्राउ

इरान हिंसामा हालसम्म ७६ जनाको मृत्यु : नौं युरोपेली नागरिक पक्राउ

Economist Nepal

Sat, Asoj 15 2079

इरान हिंसामा हालसम्म ७६ जनाको मृत्यु : नौं युरोपेली नागरिक पक्राउ


१५ आश्विन २०७९, शनिबार

iran
dav

तेहरान । इरानमा हिरासतमा एक महिलाको मृत्युपछि शुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका छन् । खुफिया अधिकारीहरूले पक्राउ परेकाहरुलाई जासुस संगठनका एजेन्ट भएको आरोप लगाएका स्थानीय सञ्चार माधयमहरुले जनाएका छन् ।

कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि राजधानी तेहरानमा विरोध प्रदर्शन शुरु भएको थियो र देशभर फैलिएको थियो । उत्तर–पश्चिमी शहर साकेजकी २२ वर्षीयालाई सेप्टेम्बर १३ मा नैतिकतासम्बन्धी प्रहरीले हिजाबसम्बन्धी नियम पालना नगरेको आरोपमा तेहरानमा पक्राउ गरेका थिए । पक्राउ परेको केही दिनपछि उनको मृत्यु भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पक्राउ परेकाहरू पोल्याण्ड, स्वीडेन, जर्मनी, इटाली, फ्रान्स र नेदरल्याण्ड्सका रहेको इरानको गुप्तचर मन्त्रालयले जनाएको छ । यसैबीच, इरानविरोधी प्रदर्शनमा हालसम्म ७६ भन्दा बढीको मृत्यु भइसकेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.