• Trending:

दुर्घटनामा एकको मृत्यु, सात घाइते

दुर्घटनामा एकको मृत्यु, सात घाइते

Economist Nepal

Sat, Asoj 15 2079

दुर्घटनामा एकको मृत्यु, सात घाइते


१५ आश्विन २०७९, शनिबार

accident EiuXIj6Z9h

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् ।

कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.