• Trending:

ट्रयाक्टरको ट्रली पल्टिँदा कानपुरमा २६ जनाको मृत्यु

ट्रयाक्टरको ट्रली पल्टिँदा कानपुरमा २६ जनाको मृत्यु

Economist Nepal

Sun, Asoj 16 2079

ट्रयाक्टरको ट्रली पल्टिँदा कानपुरमा २६ जनाको मृत्यु


१६ आश्विन २०७९, आईतवार

0CBF1DDA FE2D 48A0 814E 0FC542A69AC9

काठमाडौं । भारत उत्तर प्रदेशको कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । घाटमपुर क्षेत्रमा श्रद्धालु बोकेको ट्रयाक्टरको ट्रली गाउँ नजिकै पानीले भरिएको सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको हो ।

कानपुर जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले पत्रकारहरूलाई भने, ‘मृतकमा १४ महिला र बाँकी बालबालिका रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्रयाक्टर ट्रली पल्टिएर सडकको छेउमा पानी भरिएको खाल्डोमा खसेको थियो ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यद्यपि दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त ट्याक्टर ट्रलीमा करिब ५० जना सवार थिए । उनीहरू फतेहपुरको चन्द्रिका देवी मन्दिरमा मुन्डन कार्यक्रममा सहभागी भई घाटमपुर फर्किएका थिए । एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै पीटीआईले कम्तीमा १२ जनाको घटनास्थलमै मृत्यु भएको बताएको छ ।

city
ncll 2

राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् र अधिकारीहरूलाई छिटोभन्दा छिटो घटनास्थलमा पुगेर युद्धस्तरमा राहत कार्य गर्न निर्देशन दिएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.