• Trending:

इटहरीका पूर्व मेयर द्वारिकालाल चौधरी माओवादीमा प्रवेश

इटहरीका पूर्व मेयर द्वारिकालाल चौधरी माओवादीमा प्रवेश

Economist Nepal

Sun, Asoj 16 2079

इटहरीका पूर्व मेयर द्वारिकालाल चौधरी माओवादीमा प्रवेश


१६ आश्विन २०७९, आईतवार

prachanda

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व मेयर तथा नेकपा (एमाले) का नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ललितपुर खुमलटारस्थित निवासमा पुगेर चौधरीलगायतका एमाले नेता–कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष दाहाल, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

माओवादी केन्द्रका अनुसार चौधरीसहित १० नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । विद्यार्थी संगठनबाट राजनीतिमा लागेका चौधरी एमालेको सुनसरी जिल्ला अध्यक्ष भइसकेका नेता हुन् । उनी २०७२ सालमा एमाले सुनसरी जिल्लाको अध्यक्ष भएका थिए भने २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.