• Trending:

कांग्रेसले व्यापक हेरफेरसहित बुझायो समानुपातिकको अन्तिम सूची

कांग्रेसले व्यापक हेरफेरसहित बुझायो समानुपातिकको अन्तिम सूची

Economist Nepal

Sun, Asoj 16 2079

कांग्रेसले व्यापक हेरफेरसहित बुझायो समानुपातिकको अन्तिम सूची

शेखर समूहका ३५ प्रतिशत नेताहरु समावेश


१६ आश्विन २०७९, आईतवार

sanepa congress

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले व्यापक हेरफेरपछि समानुपातिक सूचीको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाएको छ ।

शनिबारदेखि रातभर बैठक बसेर बिहानपख नामावली टुंगो लगाएको थियो । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले अन्तिम सूची बुझाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा त्रुटि संशोधनका लागि आजसम्मको समय दिएको थियो । बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले भोलिसम्म फिर्ता लिन सक्ने छन् ।

city
ncll 2

कांग्रेसमा शेखर कोइराला समूहले समानुपातिक सूचीमा ३५ प्रतिशत आफूहरु पक्षका नेताहरु समावेश गरेको दाबी गरेका छन् । ११० जनाको नाम बुझाउँदा यसअघि ४४ जना आफूहरुका हुनुपर्ने अडान राखेका थिए ।
तर अहिले बुझाउँदा अन्तिम नामावलीमा कम्तिमा पनि ३५ प्रतिशत रहेको दाबी उनीहरुको छ । एक नेताका अनुसार त्यसमा पनि १२–१३ जनाको नाम अघि नै राखिएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.