• Trending:

ठाडा दहमा डुवेर एक जनाको मृत्यु

ठाडा दहमा डुवेर एक जनाको मृत्यु

Economist Nepal

Sun, Asoj 16 2079

ठाडा दहमा डुवेर एक जनाको मृत्यु


१६ आश्विन २०७९, आईतवार

Thada daha arghakhachi scaled

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएको छ । दहमा डुवेका शितगंगा –३ दह निवासी ३७ बर्षीय खिमबहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।

विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले पानीमुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए । उद्धार गर्ना साथ नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्‍याइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पानीमुनिबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए । ‘यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन’ रेग्मीले भने, ‘तर उहाँ जीवित भने हुनु हुन्न ।’ नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.