• Trending:

दशैंमा पनि बारेकोटको खाद्य डिपो रित्तै

दशैंमा पनि बारेकोटको खाद्य डिपो रित्तै

Economist Nepal

Sun, Asoj 16 2079

दशैंमा पनि बारेकोटको खाद्य डिपो रित्तै


१६ आश्विन २०७९, आईतवार

57f4cdd20800b 1200x560 wm

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयवासीलाई दशैँमा समस्या भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन् । स्थानीय बजारमा पाइने महँगो चामल खरिद गरेर प्रयोग गर्न बाध्य भएको बारेकोट –५ का विवेक सिंहले बताए । उनले भने, ‘दशैंको समयमा बढी नै चामलको आवश्यकता पर्छ, त्यही समयमा खाद्य डिपोमा चामल छैन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पुरानो चामल सकिएको र नयाँ डिपोसम्म चामल ढुवानी नभएकाले चामल अभाव भएको डिपोका कर्मचारीले बताएका छन् । सदरमुकाममा सहुलियतमा चामल पाइए पनि दुर्गममा रहेका खाद्य डिपोमा चामल नै नहुँदा स्थानीयवासी पीडित भएका छन् । स्थानीय बजारमा चामल महँगो हुँदा आफूहरु मर्कामा परेको अर्का रमिता सिंहले बताइन् ।

city
ncll 2

जिल्लाको सबैभन्दा ठूलो भू–भाग बारेकोटमै रहेको छ । अन्न कम उत्पादन हुने बारेकोटमा दुईवटा खाद्यका डिपो स्थापना गरिएको थियो । चामल नभएका ती डिपो सर्वसाधारणले चामल कहिले आउँछ भनेर सोध्ने काममात्र भएको छ । दशैँअघि चामल लिन प्रयास गरे पनि सफल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । जिल्लाभरि १० बिक्री केन्द्र र डिपो छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.