
रूपन्देही । वैकल्पिक शक्ति दावी गर्दै पाँच वर्षअघि गठन भएको विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश कमिटीका पदाधिकारी, सदस्य र जिल्ला संयोजकहरूले शनिबार सामुहिक राजीनामा दिएका छन् ।
प्रदेश संयोजकसहित ३१ जनाले सामुहिक राजीनामा दिएको प्रेस विज्ञप्ति शनिबार जारी गरिएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गरेसँगै पार्टीको अस्तित्व र विचार सकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘पार्टीको लुम्बिनी प्रदेश समिति भंग गर्दै लुम्बिनी प्रदेश समिति, जिल्ला कार्य समिति, नगर तथा गाउँ समितिमा रहेका सम्पूर्ण साधारण सदस्यहरूले समेत पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा गरेको घोषणा गर्दछौं‚’ विज्ञप्तिमा भनिएको छ ।


Comments
Related News






