• Trending:

इरानमा झन चर्किदै हिजाबविरुद्धको प्रदर्शन, प्रहरीले चलायो गोली

इरानमा झन चर्किदै हिजाबविरुद्धको प्रदर्शन, प्रहरीले चलायो गोली

Economist Nepal

Mon, Asoj 17 2079

इरानमा झन चर्किदै हिजाबविरुद्धको प्रदर्शन, प्रहरीले चलायो गोली

Naya Page

इरानमा झन चर्किदै हिजाबविरुद्धको प्रदर्शन, प्रहरीले चलायो गोली

काठमाडौं । इरानमा हिजाबको विरोधमा चर्किरहेको विरोध प्रर्दशनको क्रममा आइतबार मुलुकको एक चर्चित युनिभर्सिटीमा छात्राहरु र प्रहरीबीच झडप भएको छ ।

सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार सुरक्षाकर्मीहरुले भिड हटाउन गोली चलाएका थिए । इरानमा गत सेप्टेम्बरमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएसँगै आन्दोलन सुरु भएको थियो । २२ वर्षीया महसा अमिनीलाई प्रहरीले हिजाब कानुन पालना नगरेको आरोपमा गिरफ्तार गरेको थियो ।

त्यसको केही घण्टामा उनी कोमामा पुगेकी थिइन् ।
प्रहरीले उनलाई निर्घात कुटपिट गरेको र उनको टाउको गाडीमा ठोक्काएको प्रदर्शनकारीको आरोप छ । त्यसका साथै प्रहरीले उनको टाउकोमा पनि लाठी प्रहार गरेको उनीहरुले बताएका छन् ।

प्रहरीले भने यो आरोप खण्डन गर्दै आएको छ । प्रहरीले उनको मृत्यु हृदयाघातको कारण भएको उल्लेख गरेको छ । त्यसयता इरानमा निरन्तर प्रदर्शन बढ्दै गएको छ । नर्वेस्थित एक एनजीओ इरान ह्युमन राइट्सका अनुसार मुलुकभर अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ । सरकारले भने विरोध प्रदर्शनको सामना गर्ने र यो प्रदर्शन विरोधीको षडयन्त्र भएको बताउँदै आएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.