• Trending:

सिटीसँग म्यानयू निरीह, हल्याण्ड र फोडिनको ह्याट्रिक

सिटीसँग म्यानयू निरीह, हल्याण्ड र फोडिनको ह्याट्रिक

Economist Nepal

Mon, Asoj 17 2079

सिटीसँग म्यानयू निरीह, हल्याण्ड र फोडिनको ह्याट्रिक


१७ आश्विन २०७९, सोमबार

mancity 2022 10 03

काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिक प्रेरित म्यानचेस्टर सिटीले आइतबार इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई ६–३ ले हराएको छ । जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग दूरी घटाएको छ ।

खेलको आठौँ मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो । ३४औं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरेका थिए । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा हाल्यान्डको पासमा फोडिनले व्यत्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–० मा पुर्‍याएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

५६ औं मिनेटमा एन्टोनी सान्तोसले गरेको गोलमा युनाइटेडले गोलअन्तर ४–१ मा झारे । ६४औं मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५–१ मा पुर्‍याएका थिए । ७३ औं मिनेटमा फोडिनको ह्याट्रिक गरे । ८४ औं मिनेटमा एन्थानी मार्सियालले युनाइटेडका लागि दोस्रो गोल गरेका थिए ।

city
ncll 2

इन्जुरी समयको पहिलो मिनेटमा मार्सियालले पेनाल्टीमा गोल गर्दै खेल ६३ को स्थितिमा पुर्‍याएका थिए । सिटी आठ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा एक अंक कम हो । युनाइटेड भने सात खेलमा १२ अंकसहित छैटौं स्थानमा छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.