• Trending:

तलेजु भवानीको मन्दिर आज एक दिन खुला

तलेजु भवानीको मन्दिर आज एक दिन खुला

Economist Nepal

Tue, Asoj 18 2079

तलेजु भवानीको मन्दिर आज एक दिन खुला


१८ आश्विन २०७९, मंगलवार

taleju mandir
फाइल फोटो

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक पटक आज (मंगलबार) अर्थात् महानवमीका दिन मात्र खुल्ला गरिएको छ । भक्तजनहरु आज बिहानैदेखि लाम लागेर मन्दिरमा पूजपाठ तथा दर्शन गरेका छन् ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि समेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा आज बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.