• Trending:

स्कुटर दुर्घटनामा एमाले नेतृ झरना चौधरीको मृत्यु

स्कुटर दुर्घटनामा एमाले नेतृ झरना चौधरीको मृत्यु

Economist Nepal

Thu, Asoj 20 2079

स्कुटर दुर्घटनामा एमाले नेतृ झरना चौधरीको मृत्यु


२० आश्विन २०७९, बिहीबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

रूपन्देही । सवारी दुर्घटनामा परी नेकपा एमाले रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधईमा स्कुटर दुर्घटनामा परी उनको मृत्यु भएको हो । लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् ।

उपचारका लागि भीम अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालले बताए । चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ मा सर्वसम्मत रुपमा सचिवमा चयन भएकी थिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी परिवारसहित लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा बस्दै आएकी थिइन् । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा दुर्घटनामा परी चौधरीको मृत्यु भएको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.