• Trending:

म्यानचेस्टर सिटीको जितमा हालान्डको गोल वर्षा

म्यानचेस्टर सिटीको जितमा हालान्डको गोल वर्षा

Economist Nepal

Thu, Asoj 20 2079

म्यानचेस्टर सिटीको जितमा हालान्डको गोल वर्षा


२० आश्विन २०७९, बिहीबार

126987123 erlinghaalandscoreshissecondgoalagainstcopenhagen ecfyOnIsTq

काठमाडौं । अर्लिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले कोपनहेगनमाथि गोल वर्षा गरेको छ । बुधबार राति च्याम्पियन्स लिगको समूह जी अन्तर्गतको खेलमा सिटी ५–० गोलले विजयी भएको हो ।

खेलको सातौं मिनेटमा नै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३२ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । हालान्डले प्रतियोगिताको २२ खेलमा २८ गोल गरेका छन् । योसँगै पहिलो ३० खेलमा सबैभन्दा धेरै गोल गर्ने रुड भान निस्टरलोयको कीर्तिमानलाई उनले भङ्ग गरेका छन् । यो सिजन उनले पेप ग्वार्डिओलाको टोलीका लागि १२ खेलमा १९ गोल गरिसकेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हालान्डको दोस्रो गोल लगत्तै कोपेनहेगनले आत्मघाती गोल गरेपछि पहिलो हाफ सकिँदा सिटीले ३–० को अग्रता बनायो । दोस्रो हाफमा रियाद महारेजले पेनाल्टीबाट सिटीको अग्रता फराकिलो बनाए भने जुलियन अल्भारेजले सिटीको पाँचौ गोल गरे । अब अगाामी खेलमा जीत हासिल गरे सिटी अन्तिम १६ मा प्रवेश गर्नेछ ।

city
ncll 2

समूहकै अन्य खेलमा बोरुसिया डर्टमन्डले स्पेनिस क्लब सेभियालाई उसैको घरेलु मैदानमा ४–१ गोलले हरायो । डर्टमन्ड ६ अङ्कसहित समूहको दोस्रो स्थानमा रहेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.