• Trending:

मेक्सिकोमा अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

मेक्सिकोमा अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

Economist Nepal

Thu, Asoj 20 2079

मेक्सिकोमा अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु


२० आश्विन २०७९, बिहीबार

Mexico Gun fire 2 768x1024 1

काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक मेयरसहित १८ जनाको ज्यान गएको छ ।

बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए । आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरुले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरुमा ठूला गाडी तेर्स्याएका थिए । यो आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । घटनाको अनुसन्धान जारी रहेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.