
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६–००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

मकवानपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार १० जनाको घटनास्थल र दुई जनाको हेटौंडा अस्पतालमा मृत्यु भएको हो। बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

घाइतेहरुको उद्धारको कार्य जारी छ । उनीहरुलाई सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ति पठाउने कार्य भइरहेको उनले बताए । दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।
Comments
Related News






