• Trending:

मनाङमा असोजमै हिमपात, सतर्कता अपनाउन आग्रह

मनाङमा असोजमै हिमपात, सतर्कता अपनाउन आग्रह

Economist Nepal

Thu, Asoj 20 2079

मनाङमा असोजमै हिमपात, सतर्कता अपनाउन आग्रह


२० आश्विन २०७९, बिहीबार

snow manang

मनाङ । मनाङमा असोज महिनामै (बिहीबार) हिमपात भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नार्पा भूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका केही स्थानमा हिमपात भएको हो ।

मनाङमा गएको मंगलबारदेखि निरन्तर वर्षा भइरहेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार वर्षासँगै उच्च भेगमा हल्का हिमपात भएको छ । ती दुई गाउँपालिकाका बस्तीमा समेत सामान्य हिमपात भएको उनले जानकारी दिए । ‘वर्षासँगै सामान्य हिमपात भएको हो । जनजीवन नियमित छ, प्रभावित भएको छैन’, उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन समेत भएकाले पर्यटक, पदयात्रीलाई मौसम र बाटोको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । स्थानीयलाई समेत सतर्कता अपनाउन भनिएको प्रजिअ आचार्यले बताए ।

city
ncll 2

‘पर्यटक, पदयात्री कोही अलपत्र परेको भए प्रहरी कार्यालय वा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयमा सम्पर्क गर्न हामीले भनेका छौँ’, उनले भने । प्रशासनले सम्बन्धित कार्यालय र सरोकारवालालाई पूर्व सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

jagdamba.cement
nepal liquors
309384767 1633751067020078 7049143902149884793 n1665048316

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.